- टिमखबर सम्बाददाता :

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले हेल्थपाटीलाई जानकारी दिनुभयो ।

सर्वाेच्च अदालतले संक्रमितको उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश जारी गरेपछि स्वास्थ्य मन्त्रालयले उपचार निःशुल्क गर्ने सम्वन्धि प्रस्ताव पेश गरेको थियो ।

मन्त्री ढकालले भन्नुभयो,’संक्रमितको उपचार निःशुल्क गर्नु भनेर सर्वाेच्चको आदेश आएपछि हामीले निःशुल्क उपचारका लागि मन्त्रिपरिषद्मा पुनःप्रस्ताव लगेका थियौ,प्रस्ताव स्विकृत भएको छ ।’

यसअघि मन्त्रिपरिषद्को बैठकले नै कोरोना उपचारमा लाग्ने खर्च संक्रमित आफैले ब्यहोर्नपर्न निर्णय गरेको थियो तर सो निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले निर्णय पुनः सच्च्याएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार