श्वास प्रश्वासमा समस्यामा आउदा उपचारको लागि धनगढी लगिएका पुरुषको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका कर्मचारीको शनिवार राती धनगढी लग्दै गर्दा सतबाँजमा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन सिह महराले बताए । उनले भने शनिवार श्वास प्रश्वासमा अत्याधिक समस्या देखिएपछि उनलाई महाकाली नगरपालिको एम्बुलेन्सबाट धनगढी लगिएको भएपनि बाटैमा मृृत्यु भएको हो । उनमा कोरोना संग मिल्दाजुल्दा लक्षण रहेकाले कोरोना भएको हुन सक्ने आशंका गरिएकामा अहिले उनको स्वाव संकलन गरि पीसीआर परीक्षणका लागि बैतडी प्रयोगशाला पठाइएको पनि महाकाली नगरपालिकाले जनाएको छ ।
विद्युत प्राधिकरण दार्चुलाका कर्मचारीको सतबाँजमा मृत्यु
- टिमखबर सम्बाददाता ;

