- गोपाल बटाला

कोरोना खोपले आफैँ महामारी अन्त्य गर्न सक्दैन: डब्लूएचओ जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड १९ विरुद्धको खोप आफैँले कोरोनाभाइरसको महामारी अन्त्य नगर्ने जनाएको छ । महामारीको झण्डै एक वर्ष पुग्नै लाग्दा ५ करोड ४० लाख भन्दा धेरै संक्रमित भइसकेका छन् । साथै १३ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ । ‘एउटा खोप अन्य उपकरणको पूरक मात्रै हुनेछ, तर तिनलाई प्रतिस्थापन गर्न सक्दैन । खोप आफैँले महामारी अन्त्य गर्दैन,’ डब्लूएचओका निर्देशक टेड्रोस अधानोम घेब्रेससले भनेका छन् । डब्लूएचओको शनिबारको तथ्यांक अनुसार एकै दिन विश्वभर ६ लाख ६० हजार ९ सय ५ नयाँ संक्रमित थपिएका थिए । जब कि, अघिल्लो दिन शुक्रबार ६ लाख ४५ हजार ४ सय १० संक्रमित थिए । यस्तै टेड्रोसले खोप सप्लाइको काम प्रारम्भिक चरणमा प्रतिबन्ध लगाउन सकिने पनि बताए । साथै खोप उपलब्ध भए पनि महा…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार