‘दानीलाई हानी हुँदैन, म बनाउँछु मेरो गाउँ’ मूल नाराका साथ स्थानीय जनविकास माविको विविध पक्षको विकास गर्ने उद्देश्यका साथ नगरपालिका वडा नम्बर १० निवासी भीमराज केसी, महाराज ओली, एकराज केसी र गोबिन्द केसीको अगुवाइमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको हो ।
केसीका अनुसार यस अभियानबाट १ करोड भन्दा धेरै रकम संकलन गर्ने योजना रहेको छ । उक्त रकमबाट स्कुलको तारबार, भवन निर्माण र अन्य भौतिक संरचना गरिनेछ । साथै सोही आर्थिक स्रोतबाट आवस्यक शिक्षक समेत थप गरिने बताइएको छ