- गोपाल बटाला

रुकुम पश्चिम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ७ दाजे मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

एक जना गम्भीर घाइते छन् । स्थानीयले उद्धार गरिरहेका छन् । आठबिसकोट घाडीखोला १० बाट १२ जना जन्ती बोकेर दाजेतर्फ गएको रा १ ज ५८९ नम्बरको जिप गन्तब्यमा पुगिसकेपछि दुर्घटना भएको हो । दाजे पुगिसकेपछि रोकिराखेको जिप ब्याक भइ गुड्ने क्रममा सडकबाट ४५ मिटर तल खसेको स्थानीय नरेन्द्र केसीले जानकारी दिए ।

स्थानीय केसीका अनुसार बेलुका ८ बज्नै लाग्दा गाडी दुर्घटना भएको थियो । दुर्घटना भएको ३० मिनेटपछि स्थानीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनापछि जिप चालक फरार भएको स्थानीय प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

मृत्यु हुनेमा आइत नेपाली, गोरे नेपाली, सार्के नेपाली र कलीमान नेपाली छन् । यस्तै लालबहादुर नेपाली घाइते छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार