- टिम खबर सम्बाददाता

दाङकी :प्रेक्षा लम्साल नेपाल टेलिभिजनको रियालिटी गायन शो नेपाल स्टारको टप टेन कन्टेस्टेन्ट बनेकी छिन् । करिब १६ हजार प्रतिष्पर्धी भाग लिएको उक्त शोमा टप १५ बाट उनी टप टेनमा पुगेकी छिन् । यसअघि पनि यस्ता रियालिटी शोहरुमा उनले उत्कृष्ट स्थान प्राप्त गरेकी थिइन् ।
नेपाल स्टारको उत्कृष्ट १० मा परेपछि उत्साहित भएकी प्रेक्षाले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । “मलाई टप १० मा पार्न भोट गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरुलाई धेरै धेरै धन्यवाद छ र आगामी प्रतिष्पर्धामा पनि यसरी नै भोट गरिदिन अनुरोध छ ।” प्रेक्षाले भनिन् ।
आगामी शनिबारको श्रृङखलादेखि उनले उत्कृष्ट ९ को लागि प्रतिष्पर्धा गर्नेछिन् । अबको सबै श्रृङखलाको निर्णय भोटको आधारमा हुनेछ ।
दाङको घोराही १२ हापुरकी प्रेक्षा सामाजिक कार्यमा पनि उत्तिकै लगाव छ । अंग्रेजी विषय स्नातकको अन्तिम वर्षमा अध्ययनरत प्रेक्षाले बाल्यकालदेखि नै कला, साहित्य र संगीतमा विशेष रुचि रहेको जनाइन् ।
१२ वर्ष अघि कक्षा ४ मा पढ्दा उनले ठूलो पर्दाको चलचित्र ज्यानको बाजीको लागि गीत रेकर्ड गराएकी थिइन् । अहिलेसम्म उनले ८ गीत रेकर्ड गरेकी छिन् ।
छन्द कविता लेखन र वाचनमा प्रेक्षाले राष्ट्रियस्तरमा थुप्रै पुरस्कार जितेकी छिन् । काठमाडौंमा १० वर्षदेखि संगीत प्रशिक्षण लिइरहेकी उनी आफू पनि नागार्जुन भ्याली एकेडेमीमा संगीत सिकाउँछिन् ।
आमा मिरा लम्सालले एक्लै दुःख सुख गरी हुर्काएकी प्रेक्षालाई बुबाको माया कस्तो हुन्छ ? यो विषयले दुःख लाग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार