- टिमखबर सम्बाददाता : गोपाल बटाला

रुकुम पश्चिम: रुकुम आठबिसकोट नगरपालिकाको सहजीकरणमा दुई स्थानीय युवा पाइलट बन्ने अवसर पाएकाछन् ।दुई विद्यार्थी गोबिन्द केसी र ललित भण्डारीले हालै फिलिपिस्नबाट १४ महिनाको कोर्स सम्पन्न गरी सिपिएल इक्जाम पास गरेेेका हुन् ।नगरपालिकाकै पहिलो पाइलटको रुपमा उनीहरुले यो कोर्स सम्पन्न गर्दा गाउँलेहरु हर्षित छन् । युवाहरुले नगरपालिकाको पहलमा सम्पन्न भएको यस्तो कामको प्रशंसा गरेका छन् ।

नगरपालिकाका मेयर गोरखबहादुर केसी सन्देशको पहलमा उनीहरु २ वर्षअघि गाउँकै सहकारीबाट विना ब्याज ऋण लिएर फिलिपिन्स पढ्न गएका थिए ।

गोबिन्द केसी आठबिसकोट नगरपालिका-१० घारिखोलाका हुन् भने ललित आठबिसकोट-५, गोतामकोटका स्थायी बासिन्दा हुन् । आर्थिक रुपमा विपन्न भए पनि नगरपालिकाले गरेको यस्तो पहलले गर्दा उनीहरुको सपना साकार भएकोमा उनीहरुका अभिभावकले पनि नगरपालिकाप्रति कृतज्ञता प्रकट गरेका छन् ।

                ८० लाख पूरा लागत खर्च लाग्नेमा ५० लाख नगरपालिका मार्फत विना व्याजी ऋण प्राप्त भएको थियो । र उक्त ऋण पनि जागिर खान थालेपछि मात्रै किस्ताको रुपमा तिर्न पाउने सम्झौता भएको थियो ।

     गाउँलेले गरे मेयरको प्रशंसाआठबिसकोट नगरपालिकाका मेयर गोरख बहादुर केसी सन्देशले २ वर्षअघि गरिदिएको यस्तो पहलबाट दुई गाउँले युवाविद्यार्थी पाइलट बन्न पाए । दुई युवाको सपना साकार त भयो, यससँगै मेयर र नगरपालिकाको नमुना कामको पनि प्रशंसा गरिएको छ ।

गाउँमा अरु युवाहरु पनि नगरपालिकाप्रति आफूहरुको भरोसा जागेको बताउँछन् । यस कामबाट सम्भावना भएका र मेहनती विद्यार्थीका लागि उच्च शिक्षाको अवसरबाट बञ्चित हुनु नपर्ने अवसरको बाटो खुलेको स्थानीय अगुवाहरुको भनाइ छ ।

त्यसो त मेयर केसी पहिलेदेखि नै सामाजिक मुद्दा र विशेषगरी गाउँलेका दुखमा दिनरात नभनी खट्नेगरेको स्थानीयहरु बताउँछन् । मेयरकै पहलमा गाउँले दुई युवा पाइलट पाएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् ।

मेयर केसीले आफू यस्तै सामाजिक काममा आफूलाई समाहित गर्न पाएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन् । नेकपा सम्बद्ध मेयर सन्देश स्थानीयहरुका माझ लोकप्रिय नेता पनि हुन् । व्यक्तिगत रुपमा पनि उनको सहयोगी र समाजसेवीको रुपमा छवि बनाएका छन् ।

केसि र भन्डारी भन्छन सहयोग गर्ने सबै आफन्त पर्ती धन्यवाद, र विशेष धन्यवाद, गोर्ख बहादुर केसि(सन्देस)र सथै  रुकुम पश्चीम प्रतिनीधी सभा सदस्य पुर्ब सान्ती , उर्जा तथा गृहमन्त्रि जनार्दन शर्मा “प्रभाकर”

टिमखबर र गोपाल बटाला को तर्फ बाट पनि धेरै धेरै बधाई छ गोबिन्द केसि र ललित भन्डारी ज्यु लाई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार