- टिमखबर सम्बाददाता :

अमेरिकी नाटक घर “थिएटर अफ न्यू योर्क “मा नेपाली मूलका कलाकार ओम राज राउतद्वारा अभिनित नाटक “१९५३: रेस फर द समिट”

धेरै नाटक हरुको भिडमा रेस फर द समिट नाटकले आफ्नो मौलिक पहिचान प्रतुत गरेर र ओमराजको एकदमै मनछुने अभिनय ले यो नाटकले आफ्नो छुट्टै महत्व कायम गर्न सफल थियो I “फ्रिगिड न्यू योर्क थिएटर” महोत्सव मा आफ्नो एकल नाटक प्रदर्शन गरिसकेपछि, ओम राज डिसेम्बर ३ मा थियेटर फर न्यु सिटी न्यूयोर्क को प्रस्तुतिमामा नयाँ एकल नाटक “१९५३: रेस फर द समिट” प्रस्तुत गरेका छन्। यो नाटकमा ओमराजले फरक दुइ चरित्रमा आफुलाई उतारेको थिए l

           एकल नाटक “१९५३: रेस फर द समिट” सगरमाथा का प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाको कथामा आधारित रहेको थियो। तेन्जिङ नोर्गेले सातौं पटकको कोसिसमा सर एडमन्ड हिलारी संग सगरमाथा को सफल आरोहण गरेका थिए । यो नाटकमा उनको सगरमाथाको सफल आरोहण गर्नु अघिल्लो रातको कथा प्रस्तुत गरेका थिए। कोभीडका कारण अहिले धेरै नाटकघरहरु बन्द भएपनि कलाकारहरुले आफुलाई विभिन्न माध्यमबाट आफूलाई कलात्मक शैलीमा प्रस्तुत गरिरहेका छन्  नाटकलाई थियेटर फर न्यु सिटीले अनलाइन मार्फत प्रतक्क्ष्य प्रसारण गरेको थियो I वास्तविक कथा र अभिनय कारणहरुले यो हेर्नको लागि योग्य छ

           ओम राउत नाटककार तथा कलाकार पनि हुन । अङ्ग्रेजी आफ्नो मातृ भाषा नभई तेस्रो भाषा भए पनि उहाँ अन्तराष्ट्रिय मञ्चमा आफ्नो देशको विविध संस्कृतिलाई उजागर गर्ने कोसिसमा छन् । उनले नेपाल मात्र नभई कोलकाता थियटर महोत्सव, इंडिया र अल्फा न्यू योर्क सिटीको अफ-ब्रोडवेमा समेत अभिनय कला प्रदशन गरी सकेका छन् । सिटी युनिभर्सिटी अफ न्यू योर्क बाट नाटक विधामा ब्याचलर गर्दै गर्दा ओमले मारियन एन्डरसन थिएटर र बीएमसीसी ट्राइबेकाका धेरै नाटकमा अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार