लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए। दुर्घटनामा परी ट्रक चालक मकवानपुरको हेटौँडा–१७ का ४५ वर्षीय सुरेश भुजेल, सोही स्थानका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्साको ठोरी घर भएका ५० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको खाँणले बताए। दुर्घटनाको कारण पत्ता नलागे पनि ट्रक अनियन्त्रित भइ पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ।