- टिमखबर सम्बाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ। उक्त पक्षको माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो।

जसमा पुष्‍पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् । यसअघि प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको नेतृत्व केपी ओलीले गरेका छन् भने अर्को पक्षको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।यो समाचा अन्नपूर्ण पोस्ट मा छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार