- टिमखबर सम्बाददाता

करिब 6 वर्षदेखि अमेरिकामा अभिनय सम्बन्धि नाटक र लेखनमा भविष्य बनाइरहेका नेपाली मुलका ओमराजसँगको छोटोमीठो कुराकानी, जसले भरखर मात्र फ्रिजिद न्युयोर्क थिएटर फेस्टिवलमा आफ्नो एकल नाटक “१९५३, रेस फर समिट” को लागि बेस्ट नाटक लेखन का लागि नोमिनेट मा परेका छन्:

1. तपाइ एक अभिनेता र लेखक को रूपमा क्यारियर बनाउन के कुराले प्रेरित गर्यो?

म हाम्रो सांस्कृतिक विविधताबाट प्रभावित भएको सोच्दछु। सानैदेखी मेरो सानो गाउमा हुने विविध नेपाली सांस्कृतिक क्रियाकलापहरुमा एकदमै मन पर्थ्यो र नृत्यमा पनि भाग लिन्थें यसै कारणले मलाई लाग्छ कि यसले मलाई एक अभिनेताको रूपमा क्यारियर बनाउनमा प्रभाव पारेको छ।

2. त्यसोभए तपाईको बाल्यकाल कस्तो थियो?

म धादिङ्गको सानो गाउमा जन्मिएको थिएँ, म टिभी र फिल्मको साथ हुर्किएन, वास्तवमा मैले १० बर्ष पछिको उमेरबाट मात्र टेलिभिजन हेर्न थालें किनभने हाम्रो हिमालको सानो खल्तीमा बिजुली र टेलीभिजन थिएन। म मेरो अध्ययन संग धेरै ध्यान केन्द्रित बच्चा थिए। जब मैले टेलिभिजनमा नाटक हेरे तेतिबेला नै मलाई थाहा थियो म अभिनेता बन्न चाहन्छु जुन १५ बर्ष पछि पनि परिवर्तन भएको छैन। बरु येही चाहनाले मलाई धेरै नया सिपहरु सिक्न जागरुक गर्यो, मानिसहरुलाई बुज्न र उनिहरु सग नजिक हुन सिकायो, आज नाटकमा नै स्नातक तहमा अमेरिकासम्म आयर पडन जागरुक गरायो र साचै जिबन जिउन सिकायो जसका लागि एकदमै आभारी छु

3. त्यसोभए तपाईले ग्रामिण धादिंग हुँदै काठमाडौँसम्म स्कुल शिक्षा र अमेरिककासम्म आफ्नो औपचारिक अध्येंयन र थियेटर गर्नुभयो?

म त्रिभुवन विश्वविद्यालयबाट उन्नाइस वर्षमै व्यावासायिक प्रबन्धन डिग्रीबाट स्नातक भएको थिएँ र म नेपालमा बिजनेस स्कूलको लागि गएँ किनभने हाम्रो अभिनय सँग सम्बन्धित त्यस्ता स्कुलहरू पनि थिएनन् र अभिभावकलाई पनि औपचारिक अध्ययन पूरा गरेपछि मात्रै अभिनयमा लागोस भन्ने थियो शैक्षिक शिक्षा प्राप्त गर्नु मेरा आमाबुवाहरूको लागि महत्त्वपूर्ण थियो किनकि उनीहरूसँग त्यो अवसर प्राप्त गरेका गर्नु भएको थिएन। तर मेरो बाल्यकालदेखि नै अभिनय प्रति एकदमै चाहना थियो।आमाबाबु लाई, अंग्रेजी स्कूल पढ्ने र अभिनेता बन्ने घुर्की लगाएर १४ वर्षकै उमेरमा एक्लै काठमाडौ आए र त्यति सानो उमेरमा काठमाडौं जस्तो शहरमा भिजन सजिलो भने थिएन म त्यतिखेर अंग्रेजी स्कूल जान चाहान्थें किनभने मैले सबै फिल्म अभिनेतालाई अंग्रेजीमा अन्तर्वार्ता दिइरहेको देखेको थिएँ। र म पनि तिनीहरू जस्तै हुन चाहन्थें। र मैले यसलाई तेस्रो भाषाको रूपमा सिक्नुपर्‍यो किनभने म सरकारी स्कूलमा थिएँ जहाँ मैले १० औं कक्षासम्म अंग्रेजी पढिन। मैले पढाई र थिएटर संगसँगै लगे र त्यसको ठीक 2 वर्षपछि म “ए नाइट विथ माओ” नामक अंग्रेजी नाटकमा थिए, जुन नाटक पछि शांतिपुर भारतमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव प्रदर्शन गर्न चयन भयो । त्यो थियेटर फेस्टिवलबाट चारै तिरबाट बिभिन्न प्रदर्शनहरू हेर्न पाए र त्यो समयको चिंगारीले मलाई अन्तर्राष्ट्रिय रंगमञ्चको पछि लाग्न, विश्व अन्वेषण गर्न र आफुलाई चुनौती सामना गर्न आगो लगायो। म संयुक्त राज्य अमेरिका गए थियरी डिग्री लिनको अर्को अर्को कारण यो हो कि हामीसँग त्यस समयमा नेपालमा राम्रो नाटक स्कूल थिएन। येही सपनाले आज मसँग दुई फरक देशहरुबाट दुई फरक विश्वविद्यालयहरुबाट दुई भिन्न मेजरमा दुई डिग्री छ।

4. यो गारो समयमा कोरोनाको महामारिमा तपाईंले कसरी आफ्नो काम जारी राखिरहनु भएको छ त ?

तपाईंलाई थाहा छ, यदि तपाईं साँच्चिकै राम्रोसँग विचार गर्नुहुन्छ भने खराब समय वास्तवमै खराब समय होइन। भनिन्छनि जहाँ इच्छा छ त्यहाँ मार्ग पनि छ। न्यूयोर्कको दौड धुप अनि चार वर्ष नाटक विद्याल पछि महामारीले वास्तवमा नै मलाई सास फेर्न र आफ़ुसगह नजिक हुनको लागि एक समय प्रदान गर्यो र वास्तवमै यो मेरो लागि स्वर्ण समय थियो। म एक अभिनेताका र म एउटा यस्तो चरित्र लेख्न चाहन्थे जुन मैले सोचेको जस्तो होस् र मैले धेरै नाटक लेख्ने कार्यशालामा पनि थिएँ तर त्यो गर्ने समय पाएको थियन। मैले यस महामारीलाई पुस्तकहरू पढ्ने र आफ्नै प्रोजेक्ट लेख्ने अवसरको रूपमा लिएँ । यही कारणले गर्दा म लेख्न र मेरो एकल नाटक प्रतुती गर्न, नाटक उत्सवहरूमा पेश गर्न र बहुभाषी थियेटर महोत्सवमा भाग लिन सक्षम भए। मेरो प्रारम्भिक क्यारियरमा यति चाडो सायदै मैले एकल नाटक सिर्जना गर्न सक्ने थिए होला यदि मैले आफुसग नजिक हुन नसकेको भए र मलाई त्यो समय मलाई यो महामारिले दियो। र वास्तवमै आफ्नै एकल शो लेख्न, सिर्जना गर्न र प्रदर्शन गर्न सजिलो यात्रा छइन । यसका लागि धेरै समय, समर्पण र रचनात्मक दिमाग चाहिन्छ । यो धेरै निराशजनक पनि हुन सक्छ तर एक कलाकारको लागि एकदमै इनामदायी पनि l

5. तपाईंले तेन्जिंग नोर्गे र पर्वतारोहणको बारेमा एकल थियेटर शो सिर्जना गर्नुभयो किन यो तपाईंको लागि एकदम विशेष थियो र तपाईंलाई किन लाग्छ कि अमेरिकी श्रोताको लागि यो रोचक कथा हुन सक्छ?

सबैभन्दा पहिले, म एउटा प्रोजेक्ट लेख्न चाहान्छु जुन मलाई थाहा छ,र केहि मेरो लागि अद्वितीय छ र कोहि कसैले पनि मैले सिर्जना गर्न सक्ने तरिकाको सिर्जना गर्न सक्दैन। यो कथा सामग्रीसँग आफ्नो व्यक्तिगत सम्बन्ध थियो, पहाडी भुभाग माउन्टेन मेरो घर हो र तेन्जिंग नोर्गे पर्वतारोहण क्षेत्रमा यस्तो अग्रगामी व्यक्तित्व हुन् र हामी त्यहि देशका हौं। मलाई लाग्छ यो त्यो युग हो जहाँ केवल दर्शकले मात्र होइन मनोरञ्जन उद्योगहरूले पनि अमेरिकाको मुख्यधारमा विविधता र विभिन्न मानिसहरूलाई स्वागत गरिरहेका छन्। र म त्यो इतिहासको एक हिस्सा बन्न चाहन्छु। म हाम्रो विविधतालाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा ल्याउन चाहान्छु किनकि त्यस्तो कथालाई तेती मुख्य धारामा देखिएको छैन। हाम्रो आफ्नै सानो देश मा हामी हाम्रो सय जातीय भाषाका मानिसहरु बस्छौं। मैले नाटक लेख्नुको आशय कुनै एक मानिसलाई वा अमेरिकीलाई आकर्षण गर्न मात्र होइन, ती मेरो लागि महत्वपूर्ण छैनन्। मेरो लागि के महत्त्वपूर्ण छ भने जुन कुराले आन्तरिक मानवीय सत्यताको अनुभोध गराउँछ

6. त्यसो भए तपाईको आउँदो नाटक अथवा अरु के के छन् त?

मेरा धेरै प्रोजेक्टहरू छन् महामारीको कारणले धेरै कामहरु गर्न बन्द भए र मेरो धेरै कामहरु अर्को बर्षको लागि सरिएअको छ। एकल नाटक आगामी समरमा “न्यू योर्क थिएटर फेस्टिवल २०२१” मा प्रदसन गर्ने अवसर पाएको छु, थिएटर फर न्यु सिटी मा अर्को अर्को एकल नाटक लियर आउदै छु , हामी अर्को छोटो फिल्म “ट्रुथ अर डेर” गर्दैछौं जुन म आफैले लेखेको छु। म हाल फिचर फिल्ममा “मर्रिअगे चेर्तिफिचते” को कथामा काम गरिरहेका छौ र येस्मा मा प्रमुख भूमिकाका साथै लेखन पनि आफैले गर्दैछु। त्यहाँ अन्य नाटकहरू छन् जुन यो महामारीको कारणले प्रदर्शन मितिहरू तोकिएको छैनन्

7. तपाईं आफू एक अभिनेता र लेखकको रूपमा आफूलाई कहाँ पाउनुहुन्छ ?

अभिनय र लेखन एकअर्कासग धेरै समानता छ। लेखनमा अभिनय शामिल छ। लेखन नै अभिनय हो। डान्सर र फाइटर पृष्ठभूमि भएकाले आफुलाई यी कुराहरु बुझ्न अझ सजिलो भयो

8. त्यसोभए तपाइँ आफूलाई १० बर्ष पछि कहाँ देख्नुहुन्छ?

स्पष्ट छ, प्रोफेशनली , म आफुलाई यही क्षेत्रमा काम गरेको देख्छु मैले गर्न चाहेको त्यहाँ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय धेरै प्रोजेक्टहरू छन् र येही आफ्नो कलाको माध्यमबाट विविधता ल्याउन चाहन्छु ताकि म पछि अरु धेरैको लागि ढोका खोल्न सकूँ। व्यक्तिगत रूपमा, म एक जिम्मेवार मानव बन्न चाहन्छु। मलाई लाग्छ हाम्रो समाजमा हामीले अझ राम्रो भूमिका खेल्नु पर्छ। एक राम्रो अभिनेता वा लेखक हुनु मात्रै एक राम्रो व्यक्ति हुनु होइन। र आशा छ कि अबदेखि १० बर्ष पछि, मेरो हिमाली ग्रामीण नेपालमा विपन्न वर्गका बच्चाहरुका लागि थियेटर र कला विद्यालय खोल्ने छ ताकि उनीहरूसँग मेरो जस्तो शिक्षाको अवसर मिलोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार