काठमाडौं, १९ फागुन । मुलुकमा थप ८७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ३५ र पुरुषको संख्या ५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८७ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार