तनहुँ, १९ फागुन । भानु नगरपालिका–१ स्थित आज करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
चुँदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इञ्जार्च प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार करेन्ट लागेर तामाङ मृतावस्थामा खोलामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको उहाँले बताउनुभयो ।