२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

 

सहमति अनुसार विप्लव समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । त्यस्तै पक्राउ परेका विप्लव समूहका सबै कार्यकर्ता पनि रिहा हुने भएका छन् ।

 

विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै विप्लव समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।

 

प्रहरीको तथ्यांक अनुसार विसं २०७५ फाल्गुन १० गतेदेखि २०७७ मङ्सिर २८ का बीचमा सो समूहका झण्डै २ हजार विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । त्यसमध्ये झन्डै १ हजार ९०० लाई मुद्दा दायर गरिएको छ । एक सय भन्दा बढी पूर्पक्षका लागि कारागारमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार