शान्तिपूर्ण राजनीतिमा विप्लव

काठमाडौं : नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सँग सरकारले तीन बुँदे सहमति गरेको छ । मंगलवार मात्रै गठन भएको वार्ता समितिमा विहीवार तीन बुँदे सहमति जुटेको हो । तीन बुँदे सहमतिको विस्तृत विवरण भने आज सार्वजनिक गरिदैछ । २०७१ फागुन १ एकीकृत जनक्रान्तिको कार्यक्रम लिएर सशस्त्र गतिविधि शुरु गरेका विप्लवले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दैछन् । दिउँसो २ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री ओली र विप्लवले विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

बुधवार एकैदिन दुई चरणमा बार्ता भएपछि विहीवार सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकारका तर्फबाट वार्ता समितिमा रहेका प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार डा.राजन भट्टराईका अनुसार, सहमति पछि विप्लव शान्तिपूर्ण राजनीतिमा फर्कनेछन् । तर, कस्तो सहमति भएको छ भन्नेबारे आजै घोषणा हुनेपनि भट्टराईले बताए ।

 

पूर्वमाओवादी विप्लव पहिलो संविधानसभाबाट संविधान नबनेपछि मोहन वैद्य तर्फ लागेर पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध बिच्छेद गरेका थिए । प्रचण्डसँग छुट्टिएका विप्लव पछि वैद्यसँग पनि छुट्टिए । सशस्त्र क्रान्तिका लागि तयार नहुने र संसदीय प्रणालीमा पनि असहमत हुने शैलीप्रति असहमति जनाउँदै विप्लवले आफ्नै नेतृत्वमा पार्टी बनाएका थिए । यसपछि विभिन्न स्थानमा बम बिस्फोट गर्दै गतिविधि चलाइरहेका विप्लवलाई सरकार प्रतिबन्ध लगाएको थियो । बम बिस्फोटमा सर्वसाधरणको ज्यान गएपछि सरकारले प्रतिबन्ध लगाएको विप्लवका कार्यकर्ता र प्रहरी बीच केही पटक मुठभेड समेत भएको थियो ।

 

यसपछि अनौपचारिक सम्वादलाई अगाडि बढाएको सरकारले अन्ततः विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल भएको छ । विहीवार सहमति जुटेसँगै सरकारले पक्राउ परेका विप्लवका कार्यकर्ता रिहाइ गर्ने क्रम शुरु भएको छ । विहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध समेत फुकुवा गरेको छ । अर्थात्, विप्लव शान्तिपूर्ण राजनीतिमा आउने बातावरण बनेको छ ।

 

रातारात सहमति

 

सरकार र विप्लव दुवै पक्षले मंगलवार वार्ता समिति गठन गरेको थियो । सरकारले दुई सदस्यीय टोली गठन ग¥यो । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेका थियो ।

 

यसलगत्तै चन्दले पनि बार्ता समिति गठन गरेको जानकारी दियो । सरकारसँग वार्ता गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली बनाएको हो । यो समूहले पनि दुई सदस्यीय नै वार्ता टोली बनाएको छ । प्रकाण्ड र उदय चलाउने दीपक रहेको वार्ता समिति गठन गरेको हो ।

 

सरकारले यसअघि बार्ता गर्न टोली बनाएको थियो । सोमप्रसाद पाण्डेको संयोजकत्वमा बनेको टोलीले अन्य समूहसँग वार्ता गरेपनि चन्द समूहसँग वार्ता सफल हुन सकेको थिएन । यसपछि सरकारले २८ फागुन २०७५ मा यो समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।  प्रतिबन्ध पछि दुई हजार बढी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने अझै १६५ जना प्रहरी नियन्त्रणमा छन् । चन्द र प्रहरी बीचको मूठभेडमा एघार जनाको मृत्यु भइसकेको छ ।

 

मंगलवार बनेको वार्ता समितिबाट पनि सहमति जुट्नेमा धेरैलाई शंका थियो । तर, विहीवार एकैदिन दुई चरणमा वार्ता भयो । वार्ता सकारात्मक रहेको सन्देश सरकारका तर्फबाट दिइएको थियो । नभन्दै, विहीवार विहानै सरकार र विप्लव बीच तीन बुँदे सहमति जुट्यो । गहृमन्त्री थापा र प्रकाण्डले हस्ताक्षर गरेर बक्तव्य जारी गरे । मध्यान्ह दैनिकमा खबर छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार