काठमाडौँ- संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन सिनेटले १९ खर्ब डलरको कोरोना राहत प्याकेज पारित गरेको छ ।शुक्रबार र शनिबार भएको मतदानबाट सिनेटले उक्त प्याकेजलाई पारित गरेको हो । प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो ।डेमोक्र्याटिक पार्टीका ५० सिनेटरले राहत प्याकेजको पक्षमा मत हालेका थिए भने रिपब्लिकनका ४९ जनाले विपक्षमा मत हालेका थिए ।

जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति जो बाइडेनले पहिलो पटक सिनेटबाट आफ्नो प्रस्ताव पारित गराएका छन् ।  उक्त प्रस्तावलाई अब तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पनि पारित गरिएपछि कार्यान्वयनको बाटो खुल्नेछ ।

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म  रकम दिने व्यवस्था छ ।

यसअघि गत वर्ष पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्यकारी आदेशमा हस्ताक्षर गरेर २० खर्ब डलरको राहत प्याकेज  ल्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार