काठमाडाैं । आज १११ औँ अन्तराष्ट्रिय नारी दिवस । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर मनाइने गरिन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको हो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे ।

फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पथ्र्यो, जुन गे्रगरियन कयालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तराष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ । यस वर्ष ( १११)औं नारी दिवसको नारा महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार रहेको छ। महिला अधिकारकर्मी र अभियान्ताले ऐन अधिकार कार्यान्वयनमा नल्याएसम्म समानताको स्थिति सुध्रिने अवस्था देखिदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार