राजन रावत
सिमकोट, फागुन २३ गते । लामो समयपछि हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभरि आकाशमा लागेको बादलपछि सोमबार बिहानबाट हिमपात सुरु भएको हो ।
फागुन अन्तिम साता आएर हिमपात भएको स्थानीय सुरिकला रावतले वताउनुभयो । यो वर्ष हिउ हेर्न कठिन भएका बेला हिमपात भएको उहाँको भनाई छ ।

हिमपात सुरु भएकोले जमिनमा हिउ जम्न सुरु भएको छ । जमिने सेताम्मे देखिन थालेको छ । हिमपात भएपछि सदरमुकाम सिमकोट लगाएर उत्तरी हुम्लामा चिसो पनि बढेको छ । अग्लो स्थानमा हिमपात धेरै भएको जनाइएको छ । बिहानै तापक्रम माईनसमा झरेको छ । मानिसहरु हिउमा खेल्नका लागि घर बाहिर निस्कन थालेका छन् । यो वर्ष गतिलोसँग हिमपात नभएपछि चिन्तामा रहेका किसानहरु भने खुसी देखिएका छन् । खडेरी परेका बेला हिमपात भएको हो । यो हिमपात यो वर्षको चौथो हिमपात भएपनि भारी हिमपात हुन सकेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार