नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) र अभिनेत्री रेखा थापाबीच भेट भएको छ। राप्रपा नेतृसमेत रहेकी थापाले खुला राजनीतिमा आएकोमा चन्दलाई शुभकामना दिएको बताइन्। ‘व्यक्तिगत कुराकानी भए। उहाँलाई खुला राजनीतिमा आएकोमा शुभकामना दिए,’ थापाले भनिन्, ‘राष्ट्रियता र जनजीविकाका विषयमा सशक्त आवाज आवश्यक रहेको कुरा भए।’

सरकारसँग तीन बुँदे सहमति भएपछि चन्द सार्वजनिक भएका थिए। एकीकृत जनक्रान्ति गर्ने भन्दै भूमिगत भएका चन्दको पार्टी र सरकारबीच वार्ता भएसँगै तीन बुँदे सहमति भएको थियो।

सार्वजनिक भएसँगै चन्दले राजनीतिक भेटघाटलाई तीब्रता दिइरहेका छन्। नागरिक पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार