बारा । बाराको निजगढमा एक युवकको घाँटी रेटि हत्या भएको छ।

निजगढ नगरपालिका वडा नम्बर ९ मा आफ्नै घरमा युवाको हत्या भएको अवस्थामा शव फेला परेको हो । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको धारिलो हतियार प्रहार गरी घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा बसेर पेन्टरको काम गर्दथे ।

हत्या भएको घटनामा एकजना शंकास्पद व्यक्ति रौतहटको चपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार