काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रले चार सदस्यीय कार्यदल गठन गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले संगठन निर्माणलाई ठोस रूप दिन माओवादी केन्द्रले चार सदस्यीय कार्यदल गठन गरेको हो ।

नारायणकाजी श्रेष्ठका अनुसार सदस्यीय कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेका छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भएको वार्ताबारे बैठकमा जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार