- सत्य बटाला

सत्य बटाला,रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा एकिकृत घुम्ती शिवीर  तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु भएको छ ।आठबिसकोट नगरपालिकाको ब्यवस्थापन र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम आयोजनामा आजदेखी सुरु भएको कार्यक्रम यही २९ गते सम्म सञ्चालन हुने छ ।

 

२६ गते र २७ गते आठबिसकोट नगरपालिकाको कार्यलमा, २८ र २९ गते वडा नम्बर ३ खदिमा शिविर सञ्चालन हुने आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धुर्व प्रसाद लम्सालले जानकारी दिए ।

एकिकृत घुम्ती शिविर  तथा सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती तथा आठबिसकोट नगरपालिका नगर प्रमुख गोर्ख बहादुर केसिले द्वन्दमा किन बेच गरेका लिखतहरुलाइ सबैले सहज रुपमा हस्तान्तरण गर्नुहुने छ। भन्दै यो यौटा महत्व पुर्ण काम हुने बताउनुभयो । कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अथिती एवम प्रमुख जिल्ला अधिकारी बद्रीनाथ पन्थले द्वन्द कालको समयमा भएको लिखितहरुको समस्याहरुलाई सामाधान गर्ने उदेश्यका साथ सन्चालन गरिएको बताउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख अथिती आठबिसकोट नगरपालिका नगर प्रमुख गोर्ख बहादुर सन्देश रहेको कार्यक्रमको विशेष आतित्यता प्रमुख जिल्ला अधिकारी बर्दिनाथ गैरेले गर्नुभएको थियो ।अन्य आथितिहरुमा जिल्ला न्यायाधिवक्ता रुद्र प्रसाद पन्थ,आठबिसको नगरपालिका उप प्रमुख गिता नेपाली ,डि.एसपि धुव कुमार श्रेष्ठ, जनप्रतिनिधि, सुरक्षा कर्मी लगायतको आतिथ्यता रहेको कार्यक्रमको सन्चालन भने आठिसकोट नगरपालिकाशिक्षा युवा तथा खेलकुद शाखा कम्पुटर अपरेटर मान बहादुर बटालाले गर्नु भयो थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार