गोपाल बटाला,काठमाडौं
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका युवाहरू म बनाउँछु मेरो  गाउँ भन्ने अभियानमा जुटेका छन् । नगरपालिकाको वडा नम्बर १० का युवाहरू द्वारा सञ्चालन गरिएको उक्ति अभियान अहिले तिव्र रुपमा अगाडि बढिरहेको छ।
“म बनाउॅंछु मेरो गाउँ” अभियानलाई सफल बनाउन मुख्य  रूपमा आर्त्थिक   संकलन गर्ने र सोही स्थानमा रहेको जनविकास माबिको समग्र भौतिक पुर्वाधार बिकास तथा शैक्षिक स्तर उन्नतीकोको काममा लगाउने अभियानले जनाएको छ। यसैक्रममा रुकुम पुर्व ,निवासी अहिले काठ्माण्डौमा बसोवास गर्ने समाजसेवी धन बहादुर के सी(डीबी)ले अभियान लाई पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँ देखि बाहिर रहेका युवाहरूको पहलमा सुरु भएको
अभियान सामाजिक क्षेत्रमा अग्रसर रहने जनाइएको छ।

तपाईको प्रतिक्रिया