काठमाडौं । ओली सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त छलफल गरेर निर्णय गर्ने भएका छन् । माओवादी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी केन्द्र र जसपाको बैठकले छिट्टै तीन दलको बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी गरेको हो ।

बैठकमा ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष निकालिएको र यसको लागि छिट्टै तीन दलको बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी भएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि दर्ता भएका मुद्दा फिर्तालगायतका जसपाको मागका विषयमा आजको बैठक सकारात्मक ढंगले अघि बढेको माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार