काठमाडौं । भिमराज केसीले आफ्नो गाउँमा सुरु गरिएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “म बनाउँछु मेरो गाउँ” नामक अभियानका लागि ५ लाख बराबरको आर्थिक सहयोग गर्नुभएको छ।

यति बिल्डर्स प्रालिका प्रमुख एवं सो अभियानका अध्यक्ष समेत रहेका केसीले रुकुम पश्चिमको आठविसकोटमा रहेको श्री जनबिकास माविको भौतिक पुर्वाधार तथा पुनर्निर्माणका लागी उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै केसीकी धर्मपत्नी कल्पना डाँगीले बिद्यालयलाई बिद्यालयको शैक्षिक उन्नती, प्रगति तथा आर्थिक र भौतिक बिकासको लागि तीस हजार रुपैयाँ सहयोग गर्नुभएको छ। केसीले दम्पतीले गरेको सहयोग सहारानिय भएकोले समाजसेवा प्रती थप सफलता मिलोस भनी अभियानले धन्यवाद व्यक्त गरेको छ।

पछिल्लो समय बढ्दो सहरीकरणका कारण गाउँका बिद्यालयमा परेको प्रभाव र गाउँमा उल्झिएका हरेक समस्यालाई यो अभियानले टेवा पुग्ने अभियानका अध्यक्ष भिम राज केसीले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार