काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । आइतबारबाट सुरु भएको बैठकको दोस्रो दिन विभिन्न एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।

यसअघि आइतबारको बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा पारित गरेको छ। केन्द्रीय समितिको एजेन्डामा वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्टिङ, रिपोर्टमाथि छलफल र सुझाव लिने, सबै केन्द्रीय सदस्यको धारणा सुन्ने र अन्य रहेका छन्।

आइतबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रको पक्षबाट पार्टीको संगठनात्मक स्थितिको बारेमा रिपोर्टिङ गरेका थिए। अध्यक्ष प्रचण्ड र प्रवक्ता श्रेष्ठले अब कसरी ऐतिहासिक उपलब्धिको रक्षा गर्ने र पार्टीलाई क्रान्तिकारी पार्टी बनाउने भन्ने विषयमा चर्चा गरेका थिए।

त्यसैगरी प्रदेशस्तरका कमिटीको तर्फबाट एक/एक सदस्यले रिपोर्टिङ गरेका थिए। रिपोर्टिङ गर्ने प्रतिनिधिले पार्टीलाई ठूलो घाटा नभएको बताएका छन्। केही व्यक्तिले पार्टी परित्याग गरे पनि माओवादी केन्द्रलाई ठूलो घाटा नभएको र जनतामा फेरि पनि जान सहज अवस्था भएको रिपोर्टिङ प्रदेश प्रतिनिधिले गरेका हुन्। अन्नपूर्णannapurna post

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार