आठविसकोट नगरपालिकाको नगरअस्पतालमा पार्टीको ठाडो निर्देशनमा कर्मचारी नियुक्त । गोपाल बटाला ,काठमाडौं ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको नगर अस्पतालमा पार्टीको मिलेमतोमा कर्मचारी नियुक्त गरिएको छ। नगरपालिकाको स्वास्थ्य तथा सामाजिक बिकास शाखा अन्तर्गत नेपाली काग्रेस र माओवादी केन्द्रको मिलेमतोमा नेपाली काग्रेसका वडा नम्बर ९ का वडा सभापति तिलक बटालालाई अहेब पदमा ठाडो नियुक्त गरीएको छ ।

आठबिसकोट नगरपालिकाले बिज्ञापण समेत नगरी सिधै नियुक्त गरेको टिमखबरले फेला पारेको छ । नव नियुक्त बटालालाई शुक्रबार देखि डाँडागाउँ स्वाथ्य चौकिमा सिफारिस गरिएको छ ।
स्वाथ्य तथा सामाजिक शाखा प्रमुख मनिराज शाहले दुबै पार्टिको सल्लाहमा नियुक्त गरिएको बताएका छन् । टिमखबर संग कुरा गर्दै शाहले यो ठूलो झमेला नभएको र दुई पार्टीको सल्लाह साझेदारीमा नियुक्ति दिइएको बताए ।
नगरपालिकाको हरेक ठाउँमा राजनीतिक हस्तक्षेप त हुन्थ्यो नै तर स्वास्थ्य सेवामा पनि राजनितीकरण गरीनु दु:खद कुरा हो।

तपाईको प्रतिक्रिया