काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) कर्णजित बुढा समुहका युवा नेता एवं केन्द्रिय सचीव बलाराम पुनले पार्टीको पदबाट राजीनामा दिएका छन् । पुनले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

मुलुकको ऐतिहासिक परिवर्तनका लागि माओवादी केन्द्रमा रहेर काम गर्दै आएको उल्लेख गर्दै उनले बुधबारको मितिदेखि लागू हुने गरी सो पार्टीको जिम्मेवारी र सबै पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। साथै पुनले अब बृहत माओवादी शक्ति एकता तथा धुर्बिकरन तिर लाग्ने उद्घोष समेत गरेका छ्न।

पुनले पत्रमा लेखका छन् ; मेरो राजीनामा लाइ सहजै स्वीकार गर्नुभएकोमा सिङ्गो पार्टी लाई धन्यवाद। आज देखि कर्नजित को पार्टीमा नरहेको यसै पत्र मार्फत जानकारी गराउदछु।

पार्टी भित्र एकलौटी निर्णय र मनोमानी तरिकाले नेतृत्व चयन भएको भन्दै पुनले उक्त पार्टीबाट राजीनामा दिएको बताएका छन् ।
पूरा बिज्ञप्ति

” लामो समयदेखि कम्युनिस्ट आन्दोलन र माओवादी केन्द्र पार्टी भित्र रहेर संघर्ष गर्दै आएको यहाँहरुलाई थाहै छ।
मैले सधैं पार्टी भित्र बिधि र पद्धतिको कुरा गरिरहे,सहि बिचार र सहि कार्यदिशा को कुरा गरि रहे,निति र कार्यक्रम मा जोड दिइरहे तर नेतृत्व सधै आत्मकेन्द्रित र ब्यक्ति बादि भयो। मनोमानित ढंगले नेतृत्व चल्दै गर्दा पार्टीको प्रत्येक ,बैठकमा मेरो फरक मत रह्यो।त्यसको पछिल्लो उदाहरण मेरो,पार्टी सग निरन्तर एकता तथा बृहत धुर्बिकरण,त्यो पनि नेकपा माओवादी केन्द्र,प्रचण्ड
सगको एकता मा जोड दिएँ तर केहि साथिहरुको नेतृत्व प्रतिको प्रहार मलाई असह्य बन्दै गयो र अन्तिममा मैले कर्न जित नेतृत्व को नेकपा माओवादी केन्द्र पार्टी सचीव र बिदेश बिभाग इन्चार्ज बाट राजीनामा दिएको छु।मेरो यहा सम्मको यात्रामा कति तिता मिठा कुता भयो होला।कति कुरा मिले नमिले होला मेरो सधैं कम्युनिस्ट पार्टी क्रान्ति र बर्ग प्रति चिन्ता र कटिबद्ध रहने छु।मेरो राजीनामा स्वीकार गर्नुहुने नेतृत्व लाई र मेरा सहयोद्धा मित्रहरू लाई हृदयदेखि धन्यवाद।

म आज देखि नै कम्युनिस्ट आन्दोलन मा निरन्तर लागि रहनेछु एकता र धुर्बिकण लाइ जोड दिइ रहनेछु।म कहिलै थाग्ने छैन।तर अब बृहत कम्युनिस्ट एकता को पक्ष मा जिउ ज्यान दिएर लागि रहने बाचा गर्दै साना गुट उपगुट र टुट फुट मा रमाउने छैन। बर्ग र इतिहास प्रति सदा सदा समर्पित हुनेछु म धन्यवाद!

बलाराम पुन
नेकपा माओवादी केन्द्र
पार्टी,युवा नेता।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार