काठमाडौं, ५ फागुन बिहीबार बालुवाटारमा सम्पन्न भएको ओली पक्षको नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमानेर अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको जनाइएको छ ।

पार्टीमा अराजकतन्त्र निम्तिएको भन्दै जानेर वा नजानेर गुटगत गतिविधि गर्नेलाई सेचत गराउने र त्यस्ता गतिविधि नगर्न आह्वान गराउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा भन्नुभएको छ । साथै, अटेर गरे स्पष्टीकरण माग्ने र त्यसो गर्दा पनि नमानेको अवस्थामा विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढिने भन्नुभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार