गमानसिङ घर्ती रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा सुरक्षित नागरिक आवास अनुदामा मनोमानी ढंगले छनोट गरिएको छ। वास्तविक पीडितको पहिचान नगरी अन्दाजको भरमा प्राबिधिकको कार्य शैलीमा चरम लापरबाहि समेत देखिएको छ । गरिबीको रेखामुनी रहेका पराल, खर वा छ्वालीको छाना भएका घर परिवारलाई जस्ता पाताको छानामुनी ल्याउने उद्देश्यले सरकारले सुरक्षित आवास कार्यक्रम सञ्चालन गरेसंगै यहाँ का पहिलो चरणमा ६० घरधुरी छनौटमा परेका छन् ।

फुसका छाना हटाउने लक्ष्य अनुसार फुसका छाना भएका प्रत्येक घरधुरीलाई क्रमस जस्तापाता दिने भनी नेपाल सरकारले निर्णय गरे अनुसार आठबिसकोट नगरपालिका भरि ६० घरधुरी को नाम छनौटमा परेको मध्ये वडा न ८ मा भने तोकिएको मापदण्ड भित्र नपर्ने ब्यत्ति छनौट सुचिमा परेका छन ।

वडा नम्बर ८ स्थित धनसिङ सार्किको २ वटा जस्ता छाना का घर र १ वटा ढुङगे घर छ तर पनि उनको नाम वडाका बिपन्न र फुसको छानो भएको घरधुरी भित्र समावेश गरिएको छ। वडा ८ का वडा सचिब भुपेन्द्र के सि भन्छन् ,,वडा नं ८ कि प्राविधिक सिर्जना अधिकारी ले सम्बधित ठाउँमा नपुगि वडा कार्यलयबाटै डाटा संकलन गरि रिपोट बुझाएकोले यस्तो समस्या देखिएको हो । स्थलगत रुपमा अध्ययन नगरी वडामा आएका लाभग्राहीको बिवरण संकलन गरेर छनोट गरिएको हो।

त्यस्तै मापदण्ड भित्र पर्नुपर्ने र वास्तविक गरिबीको रेखामुनि रहेका अले घर्ती भने सो कार्यक्रममा परेका छैनन। उनको घरमा शारीरिक रुपमा रहेकी श्रीमती र एउटा छोरा छन् । छोरा र श्रामान भारतमा छन् भने,, उनी अहिले घरमा एक्लै बस्छिन ।उनको बर्सातमा पानी पर्दा चुहिने एउटा सानो खर को झुपडी छ । हावाहुरी र पानीको त्रासमा बाँचिरहेकी घर्ती सुक्षित नागरिक आवास अन्तर्गत अनुदान भित्र परेकि छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार