गोपाल बटाला ,रुकुम पश्चिम। म बनाउछु मेरो गाउँ अभियानको पुर्वधारकार्यक्रमको सुभारम्भ भएको छ।। रुकुम पश्चिमको आठबिसको नगरपालिका वडा नम्बर १० मा गुणस्तरिय शिक्षा अत्याधुनिक प्रविधी हाम्रो अभियान सबैको उतरदायित्व भन्ने मुल नाराकासाथ म बनाउछु मेरो गाउँ अभियानको पहिलो चरण अन्तर्गत जनबिकाश मा बि को पुर्बाधार निर्माणको सुभारम्भ कार्यक्रम एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको हो ।

उक्त्त अभियानमा म बनाउछु मेरो गाउँ युवा क्लबले सन्चालनमा ल्याएको र निकट भविस्यमा यसको क्षेत्र बृहत पार्ने क्लबका अध्यक्ष भिमराज केसिले जानकारी दिए ।

साथै पुर्ब गृह मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ( प्रभाकर) ले टेलिफोन मार्फत सम्बोधन गर्दै,, अभियान एउटा इच्छा शक्तिको योजनाको अभियान भएकाले यो अभियानमा सहयोगगर्ने सम्पुर्ण नागरिक लाई धन्यवाद दिदैँ यो महान अभियानमा आफ्नो पुर्ण रुपमा समर्थन रहेको प्रतिबद्धता ब्यक्त गरे ।

म बनाउछु मेरो गाउँ अभियान पुर्बधार निर्माणको सुभारम्भ कार्यक्रम लाई सम्बोधन गर्दै आठबिसकोट नगरपालिका का नगर प्रमुख गोरख बहादुर केसीले यो अभियान सबै मिलेर १० दिनमै निर्माण गर्ने र अभियान सफल पार्ने सबै लामबद्व भएर लाग्नुपर्नेमा जोड दिए ।

यो अभियानले देश ब्यापी रुपमा सकारात्मक सोचको निर्माण हुने आशा गरेको केसीले बताए। अहिले सम्म अभियान मार्फत ३८ लाख जम्मा भएको र उक्त अभियान बाट सहयोग आइहरेको बताउदै नगरपालिकाले बिभिन्न माध्यामबाट ३४ लाख सयोग गर्ने प्रतिबद्धता गर्दै केसीले अबको १० दिनमै १६ कोठे भवन र फिल्ड निर्माण गर्ने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार