गोपाल बटाला,काठमाडौं
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका युवाहरू, म” बनाउँछु मेरो गाउँ भन्ने अभियानमा जुटेका छन् । नगरपालिकाको वडा नम्बर १० का युवाहरू द्वारा सञ्चालन गरिएको उक्त अभियान अहिले तिव्र रुपमा अगाडि बढिरहेको छ।

“म बनाउॅंछु मेरो गाउँ” अभियानलाई सफल बनाउन र श्री जनबिकास मा.बी. को समग्र भौतिक पुर्वाधार बिकास तथा शैक्षिक स्तर उन्नतीको लागी समाजसेवी युवा नेता तथा सुरुवाती योजनाकार मध्यका एक अभियान्ता एकराज केसीले प्रतिबद्धता गरे अनुसारको २५००० (पच्चिस हजार )रकम खातामा जम्मा गर्नुभएको छ। गाउँ देखि बाहिर रहेका युवाहरूको पहलमा सुरु भएको
अभियान सामाजिक क्षेत्रमा अग्रसर रहने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार