गोपाल बटाला,काठमाडौं
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका युवाहरू म बनाउँछु मेरो गाउँ भन्ने अभियानमा जुटेका छन् । नगरपालिकाको वडा नम्बर १० का युवाहरू द्वारा सञ्चालन गरिएको उक्ति अभियान अहिले तिव्र रुपमा अगाडि बढिरहेको छ।

“म बनाउॅंछु मेरो गाउँ” अभियानलाई सफल बनाउन मुख्य रूपमा आर्त्थिक संकलन गर्ने र सोही स्थानमा रहेको जनविकास माबिको समग्र भौतिक पुर्वाधार बिकास तथा शैक्षिक स्तर उन्नतीकोको काममा लगाउने अभियानले जनाएको छ। यसैक्रममा रुकुम पुर्व ,निवासी अहिले काठ्माण्डौमा बसोवास गर्ने समाजसेवी धन बहादुर के सी(डीबी)ले अभियान लाई पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । केसीले चेक मार्फत आज सो अभियानका महासचिव महानराज ओलि ज्यु लाई रकम हस्तान्तरण गरेको अभियान्ता एकराज केसि ले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार