काठमाडौं, १८ चैत । आयोजना सुरु भएको २२ वर्षपछि उपत्यकावासीको घरमा मेलम्चीको पानी आइपुगेको छ । पानीको अभावमा काकाकुल नै बनेका उपत्यकाबासीले ट्याङ्रकर र जारको पानी किनेर प्रयोग गरेर प्यास मेटाउँदै आएका थिए ।

मेलम्चीको पानी आएपछि अब पानी किन्ने अवस्था अन्त्य भयो तर, पानीको व्यवसायबाट जीवन गुजारा गर्दै आएका व्यवसायीहरुमा भने छटपटी सुरु भएको छ ।

बुधबार न्यूज २४ को टोली जोरपाटीको नारायणटार पुग्दा पानी बोक्न व्यस्त हुने ट्याङ्गकरहरु फुर्सदिला थिए, भने ब्यबसायीहरुमा निराशा छाएको प्रष्ट देखिन्थ्यो ।

ट्यांङ्गकरमार्फत् हुने पानी व्यवसायमा मासिक करिब १८ करोडको कारोबार हुने गथ्र्यो । २० हजार कामदार प्रत्यक्ष रोजगारीमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार