चौरजाहारी नगरपालिका १२मा गाडी उद्धघाटन भन्दै वडा कार्यलय र बिध्यालय बन्द।
यहाँको एक वडा कार्यालयका सचिव कार्यालय समय छोडेर गाडी उद्घाटन कार्यक्रममा हिडेका छन् । कार्यालय सहयोगीको भरमा वडा कार्यालय छोडेर वडा सचीव सहितको टोलि गाडी उद्घाटनमा गएका हुन् ।

चौरजहारी नगरपालिकाको वडा नम्बर १२ जुम्लीपोखरीमा गाडी उद्घाटन गर्नुपर्ने भन्दै वडाका विद्यालय समेत बन्द गरेर वडा कार्यालयको कामकाज ठप्प हुने गरि गाडीको उद्घाटनमा हिडेको पाइएको छ।नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रलायको सूचनालाई पटक पटक अवज्ञा गर्दै आएको नगरपालिकामा यो विषय भने कुनै नौलो होईन ।शिक्षा नियमावलीनै आफ्नो पकेटमा हालेको यो नगरपालिकामा गाडी उद्घाटनकै लागि विद्यालयहरु बन्द गरिएको छ।

विद्यालयबाट एक जना शिक्षक बाटोमा फर्किदै थिए बिहानको १०:३५ बजेतिर घर तर्फ लागेका शिक्षकलाई सोधेँकिन अहिले नै बिद्यालयबाट आउनु भयो ?अनि उहाँको प्रतिक्रिया आज जुम्ली पोखरीमा बस उद्घाटन छ जानेहरु त्यसतर्फ जादै छन ,मेरो ब्यक्तिगत काम पर्यो म घर आएँ।स्थानीय ओप्रकाश आचार्य बताउँछन् ।

बालबालिकाको भबिस्यमाथी खेलबाड गर्नेगरी विद्यालय नै बन्द गरेर हिडेका शिक्षकहरु भन्छन् ,,काम नै नगरी तलब खुवाउने नगरपालिका त हाम्रो लागि आमा सरह हो। स्कुल बन्द भएपनी उद्घाटनमा हिडेका शिक्षकहरुले भने कार्यालय समयको हाजिरी भने गरीसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार