काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई डल्लु पुगेकी छन् । राष्ट्रपति भण्डारी आज खनाललाई भेट्न उनकै निवास डल्लुमा पुगेकी हुन्। स्रोतका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको छ ।

इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा राष्ट्रपतिले त्यहीबेला झलनाथ खनालसँग पनि भेटघाट गरेको स्रोतका भनाई छ । ‘उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो।’ स्रोतले भन्यो

पछिल्लो समय एमाले आन्तरिक विवादमा रुमल्लिएको अवस्थामा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार