नेपाली गित संगीतको क्षेत्रमा दिन प्रतिदिन नयाँ नयाँ म्युजिक भिडियो सार्वजनिक हुँदै आईरहेका छन् । यसै क्रममा संचारकर्मी तथा गायिका सुश्मा श्रेष्ठको आवाजमा ( हे कान्छ ) गितको म्युजिक भिडियो बजारमा आएको छ ।गितमा बिजय लामाको शब्द , आशिक राईको लय तथा भुवन बडुको म्युजिक एरेन्ज रहेको गितमा गायिका सुश्मा श्रेष्ठले आवाज दिएकी छिन् । गायिका श्रेष्ठ ले लामो समय पछि उक्त गित बजारमा ल्याएकी हुन् । केही समय अगाडि पनि सुश्मा को आवाजमा केही गितहरु बजारमा आइसकेका छन् भने युटुब मार्फत पनि चर्चित ब्यक्तित्वको साथमा अन्तरबार्ता लिने काम गरिसकेकी छिन् । गायिका श्रेष्ठ केहि समयको अन्तराल पछि उक्त (हे कान्छा) गित बाट फेरि दर्सक स्रोता माझ आएकी हुन् ।
उक्त गितको भिडियोमा गाउँ घरको दु:ख शुख ,खेती किसान गरिएको गाउँले परिवेश लाई समेटिएको छ । भिडियोमा सुकमान गुरुङ र बबिता गुरुङको अभिनय रहेको छ । तेस्तै दिप गुरुङ को निर्देशन रहेको भिडियोलाई मधुर बस्नेतले छायांकन गरेका छन् भने मेक बहादुर थापाले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार