काठमाडौं । परम्परायुक्त पालुंगटार नगरपालिका वडा नम्बर ४ स्थित बालकृष्ण न्यौपानेको ३५ बर्ष पुरानो मौलिक घरको प्रवलीकरण गरिएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनको सामाजिक प्राविधिक सहजिकरणमा बालकृष्ण न्यौपानेको घरमा प्रवलीकरण गरिएको हो । आठ कोठा र तिन तल्ला भएको ढुंगामाटोले कुँदिएको घरमा सामान्य क्षति भएपछि भत्काउनु भन्दा जगेर्ना गर्नु उपयुक्त भएकाले समेत प्रवलीकरण गरिएको लाभग्राही बालकृष्ण न्यौपाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, घरमा उभिएको मौलिकता र पहिचान जोगाउन समेत घरको प्रवलीकरण गर्न लागि परेको हो । यस भन्दा अगाडी केही उदाहरणीय घर पालुंगटार नगरपालिकामा देखिए पश्चात मौलिक घर प्रवलीकरण गरेपछि सुरक्षित हुने नयाँ बनाउनु भन्दा कम खर्चिलो हुने भएपछि घरको प्रवलीकण गर्न लागिएको हो । बालकृष्णका अनुसार २०४३ सालमा बन्दीपुरबाट घर निर्माण गर्ने
प्रवलीकरण गरिएको नमुनायुक्त घरको पालुंगटार नगरपालिकाका मेयर एवम् इन्जिनियर दिपक बाबु कँडेल र वडा नम्बर ४ का कार्यबाहक वडाध्यक्ष दिलेन्द्र बहादुर देवकोटाले प्रवलीकरण गरिएको घरको अवलोकन गर्दै सबै वडामा समेत सामान्य क्षति पुगेका परम्परागत घर जोगाउन समेत प्रवलीकरण गरिने बताउनुभयो ।
जिल्ला इन्जिनियर दिवस दाहालले परम्परागत घरमा समेत आधुनिक शैलिका सामग्री राखेर ढलाने घर जस्तै बनाउन सकिने बताउनुभयो । उहाँका हाल सम्म गोरखा जिल्लामा परियोजनका कार्यक्षेत्र रहेको गोरखा नगरपालिकामा ८, पालुंगटार नगरपालिकामा १५, सिरानचोक गाँउपालिका ५, शहिदलखन गाँउपालिकामा २, आरुघाट गाँउपालिकामा २, धोर्चे गाँउपालिकामा ५ र गण्डकी गाँउपालिकामा ८ गरि ४५ वटा घरको प्रवलीकरण गरिएको छ । परियोजना अन्र्तगत पालुंगटार नगरपालिकाका टिम संयोजक एवम् इन्जिनियर नरेश निदालले प्रवलीकरण गरिने घरमा स्थानीय डकर्मीलाई क्षमता अभिवृद्धिका लागि ५ दिने तालिम समेत दिएर सहजिकरण गरिएको बताउनुभयो ।
प्रवलीकरणले पुर्नजिवित गर्दै परम्परागत घर

