काठमाडौँ- पोखरामा जारी १९औँ आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लव र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुदैछ ।

पुलिस र अफ्रिकनबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छन् ।आहा राराकै सर्वाधिक सफल टिम पुलिसले क्वाटरफाइनलमा थ्री स्टारविरुद्ध ४-० को जित निकालेको थियो ।

यस्तै पहिलो पटक खेलिरहेको अफ्रिकनले मछिन्द्र क्लबलाई २-१ ले स्तब्ध बनाएको थियो । यस खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ । संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार