काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाएका छन् । मोदीले बिहीबार खोपको दोस्रो डोज लगाएको आफ्नो ट्वीटरमार्फत जानकारी गराएका छन् ।
पहिलो डोज मार्च १ मा लगाएका मोदीले नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा पुगेर दोस्रो डोजको खोप लगाएका हुन् । उनले भारत मै उत्पादित कोरोनाविरुद्धको खोप कोभ्याक्सिन लगाएका हुन् ।
कोरोनालाई हराउने कम तरिकामध्ये एक खोप रहेको भन्दै उनले खोप लगाउन योग्य सबैले खोप लगाउन पनि अनुरोध गरेका छन् ।
भारतमा अहिले कोरोना महामारीको दोस्रो लहर चलिरहेको छ । भारतमा कोरोनाको दोस्रो लहर पहिलो लहरभन्दा निकै खतरनाक देखिएको छ । भारतमा दैनिक संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।