हरेक बिहानीको शीतमा भिज्यो जिन्दगानी
छत बिनाको झोपडी छ दुखमा उस्तै जवानी।

बादल छ आकाश भरी देखिनन् ऐले ताराहरू
बिस्वास छैन कसैको छन् कति भाई माराहरु।

सफलता विनाको जिन्दगी जिन्दगी जस्तो छैन
म कसरी भनौँ मेरो जिवनमा यो कमजोरी हैन।

अरुको दुःखमा साथि बन्छ यो मानवता पनि
सबैमा असल कहाँ छु कतिपय गुण गलत छनि।

मानव जीवन भौतिकवादी हुन्छ भन्छन् सब्ले यहाँ
पारिजात जस्तै कडा मेहनत गराको जान्छ कहाँ।
सपना न्यौपाने ,सत्यवादी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार