काठमाडौं । २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा सुशोभन गर्ने भनिएका विभूषण आज राष्ट्रपति भण्डारीबाट हुने भएको छ । स्थगित भएपछि रोकिएका ४ सय ५० जनालाई पनि आज पदक वितरण गर्न लागिएको गृहमन्त्रालयले जनाएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्दैछिन ।

विहान १० बजे राष्ट्रपति भण्डारीले सितल निवासमा आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका व्यक्तिलाई विभूषित गर्न लाग्नु भएको हो । महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेष्णी, एज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पदवी र अलंकार छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार