काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी हुनुभएको छ । महासंघ काठमाडौंको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७ सय १३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल (भाञ्जा) , महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी हुनुभएको छ । यसैगरी खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुङ्गेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डङ्गोल विजयी हुनुभएको छ ।

मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजय हुनुभएको छ । देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँ शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २ सय ३४ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार