काठमाडौं : सोमबार देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केहि भू-भागमा तुँवालोको असर रहने छ।

महाशाखाको अनुसार सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

मंगलबार पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने छ। पहाडका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बुधबार सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ। पहाडी भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जनरचट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भागका केही स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।अन्नपूर्ण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार