काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

भारतको हरिद्वारमा सुरु कुम्भ मेलामा पुगेका ज्ञानेन्द्र शाहले सम्बोधन गर्दै हिन्दु धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शले विश्वकै मानवीय आदर्शलाई डोर्‍याउने प्रतिक्रिया दिए । पत्नी कोमल शाहसँगै कुम्भ मेलामा सहभागी भएका ज्ञानेन्द्र शाहले महामण्डेश्वर कैलाशानन्द गिरीले पूर्वराजदम्पतीलाई स्वागत र आशिर्वाद दिएको अवसरमा यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा ज्ञानेन्द्र शाहले भनेका छन् ‘हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दुत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन्- तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशीलन आफैँमा गहन छन् । नेपाल र भारतका कैयन देवस्थलहरु, धामहरु एवम् अनेकौँ स्थानहरु यस्ता छन् जसले सदैव- सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्दछन्।’

तर बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा ह्रास आएकोमा ज्ञानेन्द्र शाहले चिन्ता व्यक्त गरेका थिए ।

‘अब हामीले हाम्रो धर्म बचाउनू छ, हाम्रो संस्कृतिको रक्षा गर्नू छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नू छ । हाम्रा गंगा नद नदिहरूको प्रवाह स्वच्छ पार्नूछ । भगवान रामले भन्नूभएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ’ शाहले भनेका छन् ।

शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् ‘यी नै प्रयोजन हेतू यो महाकूम्भ मेलाको यो विशाल भेलाको र यहां उपस्थित सबै विद्वान, विदूषि, सन्त महात्माहरूको ध्यान पूगोस् । यही अवधारणा छ मेरो । फेरि पनि सबैमा साधूवाद । धन्यवाद !’
यो निऊज आजको अन्नपुर्ण पोष्ट मा छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार