गोपाल बटाला
जाजरकोट । नलगाड नगरपालिकाको विभिन्न ठाउँमा अवैध रुपमा लगाइएको अफिम खेती प्रहरीले नस्ट गरेको छ । नगरपालिकाको वडा नम्बर २ पिउली, वडा नम्बर ३ को काक्रेमेला, डिम्रेनि, द्वारे, र वडा नं ६ को भारगाउ, सर्पचौर, किटा लेक, गर्छेनामा लगाइएको अफिम नष्ट गरिएको हो।

ईलाका प्रहरी कार्यालय दल्ली बाट प्रहरी नायब निरीक्षक शरद पाण्डे को कमाण्डमा खटिएको ९ जनाको बिशेष टोलीले ७१ रोपनि खेतमा लगाएको अफिम नष्ट गरेको हो।
अवैध तथा गैरकानुनी मानिएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । अफिम खेती गर्ने गिरोह सक्रिय हुँदै गएपनि आफुले सक्रियता बढाएको प्रहरी नायब निरीक्षक पाण्डेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार