रुकुम पश्चिम ।मालपोत कार्यालय रुकुम पश्चिममा कार्यरत निमित्त खड्का प्रमुख पक्राउ परेका छन् । कार्यालयमा रक्सी खाएर आएको सेवाग्राहीको काममा लापरबाही गरेको भन्दै मालपोतका निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कार्यालय समयमा रक्सी सेवन गरि सेवा प्रवाहमा लापरबाही गर्ने खड्का लाई कार्यालबाटै पक्राउ गरेको जनाईएको छ।
प्रकाउ परेका खड्का लाई प्रचलित स्थानीय प्रशासन ऐनअनुसार कारबाही गरिने जिप्रका रुकुम पश्चिमले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीका अनुसार सेवा प्रवाहमा आएको गुनासोपछि पक्राउ गरिएको र थप अनुसन्धान भैरहेको जानकारीदिए।