काठमाडौं । दुग्ध विकास संस्थानले पानीका कारण फरक बास्नाको दूध बजारमा पुगेको स्वीकारेको छ । साथै उसले उक्त दूधले मानव स्वास्थ्यमा असर नगर्ने र आगामी दिनमा त्रुटि पनि नदोहोरिने प्रतिबद्धता जायर गरेको छ ।

यही चैत २४ गते डीडीसीले उत्पादन गरेर बजार पठाएको दूधमा फरक बास्ना पाइएको गुनासो उपभोक्ताले गरेका थिए । यही गुनासोको आधारमा कतिपय सञ्चारमाध्यममा डीडीसीले गुणस्तरहीन दूध बजार पठाएको समाचार प्रसारण तथा प्रकाशन भएको थियो । त्यस्तो समाचार प्रकाशित भएसँगै डीडीसीले त्यसबारे धारणा सार्वजनिक गरेको हो ।

डीडीसीका अनुसार, उपभोक्ताबाट यसबारे गुनासो प्राप्त भएसँगै दुग्ध वितरण आयोजनाबाट गरिएको अनुसन्धानले पानीमा समस्या भएको देखाएको छ । समस्या पहिचानलगत्तै पानीको स्रोतमै आवश्यक सुधार गरी समस्यालाई पूर्ण रूपमा निराकरण गरिएको डीडीसी जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार