नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिलाई स्थिर बनाउन नयाँ सरकार बन्नुपर्ने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक अस्थिरता अन्त्य र देशको विकासका लागि कांग्रेस सरकारमा जानुपर्ने बताए।

राष्ट्रिय राजनीतिमा सङ्कट परेका बेला कांग्रेसले नै समाधान गरेको बताउँदै उनले भने, ‘यो सङ्कटलाई समाधान गरेर जनताको अभिमतअनुसार अहिले हुन नसकेका काम हामीले गर्नुपर्छ ।’ जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले अब बन्ने सरकारले जनताको चाहनाअनुसार काम गरेर निर्वाचन गर्नुपर्ने बताए ।

फरक प्रसङ्गमा उनले कांग्रेस सरकारमा जाँदैमा महाधिवेशन नरोकिने जिकिर गरे। ‘महाधिवेशन पार्टीलाई वैधानिकता राख्ने विषय हो । यो समयमा नै हुनुपर्छ’, उनले भने । महाधिवेशन समयमै गर्नका लागि आवश्यक तयारीमा ढिलाइ भएको उनको गुनासो थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार