काठमाडौं : वायु प्रदुषणसँगै काठमाडौंको मौसम अनौठो तरिकाले बदली भइरहेको छ।

डडेलोको धुँवा र वायु प्रदुषणका कारण झन्डै एक महिनादेखि नै काठमाडौंको आकाश राम्रोसँग खुलेको छैन।

बिहीबार बेलुकाका हुरीबतासले शुक्रबार बिहानतिर आकाश केही खुलेको थियो। तर एकछिनमै तुँवालोले ढाकिएको थियो। दिउँसोदेखि असिनापानीको क्रम सुरु भयो ।

चार बजेपछि राजधानी पुरै अध्याँरो भएको छ। अध्याँरो भएपछि सडकमा सवारी साधनहरू लाइट बालेर गुडिराखेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगका अनुसार स्थानीय वायुको प्रभावले दिउँसो अँध्यारो भएको हो । मौसम खराब भएर भिजिविलिटी कम हुँदा नियमित उडानसमेत प्रभावित भएका छन् । अन्नपुर्ण पोष्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार